इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटा र भोजपुरका विभिन्न स्थानमा गाँजा खेती फडानी गरी नष्ट

भोजपुर | धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले गाँजा नष्ट गरेको हो । शहिदभूमि गाउँपालिकाको विभिन्न क्षेत्रका साढे १३ रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका ११ हजार गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसैगरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका विभिन्न इलाकाहरूको करिब १० रोपनी पाखा बारीमा लगाएको ७ हजार ४ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क