इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनुषामा ट्रक दुर्घटना हुँदा इनरुवाका दुई युवक र बेलबारीका एक युवकको मृत्यु

सुनसरी / पूर्व पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका- ३ हरिहरपुरमा आज बिहान दुई ट्रक एकआपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आज बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा जुधेर दुर्घटना भएको हो । ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका का २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक चालक मोरङको बेलवारी - ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । सोही ट्रकका सहचालक सर्लाहीको बाग्मती ११ का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । उनको ढल्केवरस्थित एक निजी अस्पताल उपचार भइरहेको छ । तीन जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुष शंकास्पद अवस्थामा मृत फेला, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) आज (सो…

इन्फो डेस्क

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क