इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानका मेयर हर्कराज साम्पाङ राई हरेक शनिबार पानी ल्याउन जनतासँग काममा खटेरहे

सुनसरी / धरानका मेयर हर्कराज साम्पाङ राई हरेक शनिबार पकुवा खोलामा पानी ल्याउने काममा खटिरहेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफू प्रत्येक शनिबार पनि जनताकै काममा खटेका छन् । उनी त्यही प्रतिबद्धता अनुसार खटिपनि रहेका छन् । धरानको पकुवा खोलाबाट पानी ल्याउन उनी जनतासँग श्रमदान गरिरहेका हुन्छन् । आज पनि पकुवा खोलाबाट पानी ल्याउने विषयमा छलफल गरिएको छ । अहिले पानी ल्याउने काम अन्तिम चरणमा रहेको मेयर हर्क राई बताछन् । अहिले सामाजिक सञ्जाल र मिडिया जताततै पकुवा खोलाकै विषयमा चर्चा चलिरहेको छ । दुई हप्तापनि पकुवा खोलामै बिताएका उनले यो हिजो शनिबार पनि पकुवा खोलाबाट पानी ल्याउन श्रमदान गरिएका छन् । उनले शनिबार सयौं जनताको उपस्थितिमा पाइप तान्न सघाए । मेयर राई भीर–पहरा नभनी उनी जनतासँग खटिरहे थिए । पाइप तानेर फर्किँदा मेयर साम्पाङ भीरबाट चिप्लिएपनि उनीहरूमा कसैलाई समस्या भएन । भीर–पहरा नभनी धराने जनता, युवापुस्ताले बढीजसो साथ दिइरहेको पाइन्छ । अहिले पकुवा खोलामा पानी ट्याङकी निर्माणपछि पाइप बिछ्याउने काम अन्तिम चरणमा आएको छ । धरान उपमहानगरपालिका - ११ को ट्याङकीमा पानी खसाउन अब केहीदिन मात्रै लाग्नेछ । राम्रो कामका लागि जनताले समेत साथ दिने सन्देश मेयर साम्पाङ र धराने जनताले छरेको धरान- १७ का नारायण प्रधानले बताए । मेयर साम्पाङले मलाई कुल्ली भन्दा मन दुखाउ नभएको बताएका छन् । शनिबार मेयर साम्पाङले सर्दुखोलामा गिटी कुटेका छन् । उनले भने `गिटी कुट्दै उनले फेरि गाली खानुपर्ने हो कि भन्दै आशंका व्यक्त गरेका छन् । ‘अब गिटी कुट्न थालें, अब गिटी कुट्न पठाएको हो भन्दै गाली आउँछ, विपक्षीले खिसिटयुरी गर्न थाल्छन् ।’ यो अभियानले धरान–११ मा पानीको अभाव टार्न सकिन्छ । त्यहाँ पानी आइपुगेपछि मासिक ३० लाखसम्म बिजुलीको बिल बचत हुने मेयर साम्पाङको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क