इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानको तिनकुनेमा कार र बस जुधे

सुनसरी : धरान उपमहानगरपालिका-८ स्थित तीनकुने छेउमा कार र बस जुध्दा दुईजना घाइते भएका छन् । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनामा ५७ वर्षीय कमल पौडेल र उनकी श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएका छन् । उनीहरु कारमा सवार थिए भने अपरान्ह ४:४५ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख २१८८ नम्बरको बस र प्रदेश ३-०१-०२३ च ३८९४ नम्बरको कार धरानतर्फ आउँदै गरेको अवस्थामा एक आपसमा जुधेका थिय । यस्तै, बसमा सवार तीनजना यात्रु पनि घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् । उनले कारमा सवार घाइतेमध्ये कमलको दाहिने घुँडामा चोट लागेको जानकारी दिए छन् भने उनकी श्रीमतीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेका दुवै सवारी एक आपसमा जुधे र बसको अगाडिको दायाँतर्फको चक्का नै उछिट्टएको छ भने कारको पनि अगाडिको चक्का उछिट्टएको छ भने कारको एयरब्याग खुलेको कारण कारमा सवार चालक र यात्रु दुवैको जोगिएका छन् शेखरनाथ जोगीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क