इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीति दलहरूले छलफल

सुनसरी / रानी–विराटनगर–इटहरी–धरान सडकखण्ड आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरूले छलफल अगाडि बढाएका छन् । आयोजनाले उपमहानगरपालिकालाई पटक पटक पत्राचार गरेपनि काम सकिन लाग्दा धरानको बजार क्षेत्र खाली नगरिएपछि राजनीतिक दलहरूले छलफल अगाडि बढाएका हुन्। धरानको बजार क्षेत्रबाटै ६ लेन सडक विस्तार गरेर लैजाने कि वाइपास गर्ने वा ४ लेन मात्र सडक विस्तार गर्ने भन्ने अन्योल कायमै छ। सुनसरी उद्योग वाणिज्य संघको हलमा शनिबार संघीय सांसद अशोककुमार राई, प्रदेश सांसदहरू र राजनीतिक दलहरूबीच ६ लेन सडक विस्तारबारे छलफल भएको थियोे । अहिले धरानको बजार क्षेत्र मात्र १५ मिटर अर्थात ५० फिट चौडाई रहेको छ। केही वर्षअघि सेउती खोला हुदै ६ लेन सडकलाई वाइपास गर्न सडक विभागले सर्वे पनि गर्न प्राविधिक पठाएको थियो। तर, सेउती खोला किनारमा सयौं सुकुम्बासी बस्ती भएकोले विरोध भएपछि यो विकल्प पनि अघि बढ्न सकेन। बजार क्षेत्रबाटै मात्र ४ लेन सडक विस्तार गर्ने छलफल भएपनि ठोस निर्णय हुन सकेको थिएन। अहिले पुनः धरानका राजनीतिक दलहरुले ४ लेन विस्तार गर्नुपर्ने सहमति गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क