इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, २ हजार ३५३ जना संक्रमित

सुनसरी / डेंगीका कारण सुनसरीको धरान उपमहानगरपालिकाम बढी प्रभावित बनेको छ । हालसम्म धरानमा डेंगुका कारण ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जना संक्रमित भेटिएका छन् । धरानमा डेंगु प्रकोपका रुपमा फैलिएको छ तर यस अघि पनि धरान डेंगु सक्रमणमा सुनसरी जिल्लाको अग्रणिपालिका थियो । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिएका छन् । परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । धरानका ४ वटा वडा डेंगुबाट बढी प्रभावीत बनेका छन । धरानका११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् तर यी वडामा जोडिएको वडामा डेगीको प्रभाव त्यस्तो धेरै देखिएको छैन । संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरेको छन भने बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक पनि सञ्चालन गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क