इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते

सुनसरी / धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते समेत भएका छन् । मृत्यु हुनेमा धरान वडा नम्बर -१६ डेरा गरी बस्ने ४९ वर्षीय हरिभक्त राई रहेका छन् । धरान–१५ सदन रोडस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र. १–०२–०४७ प ७७८२ नम्बरको २०० सिसीको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो । गम्भीर घाइते बनेका राईको उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ । उनी धनकुटा सहिदभूमि गाउँपालिका–१ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । यस्तै ,धरान–८ सिद्धकाली चोकस्थित कोशी लोकमार्गमा धरानबाट इटहरी जाँदै गरेको को१ख ७७७८ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा२झ २६६९ नम्बरको कार एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा बस चालक धरान–१६ बस्ने वर्ष ३५ को केदार चौलागाई घाइते भएका छन् । यस्तै, धरान–१३ जिरो पोइन्ट स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह ८९७१ नम्बरको सिटी सफारी ब्रेकफेल भई अनियन्त्रित हुँदा पोलमा ठक्कर लागेर दुर्घटना हुँदा चालक बराहक्षेत्र नगरपालिका –६ बस्ने वर्ष ४८ का प्रेम लिम्बू घाइते भएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क