इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा सासुलाई खुकुरी प्र´हार , ज्वाँइले आफैं घाँटी रेटेर आ´त्महत्या

सुनसरी / धरानमा एक पुरुषले सासु आमालाई खुकुरी प्रहार गरेपछि आफैंले घाँटी रेटेर आ´त्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरानउपमहानगरपालिका- ८ स्थित गुम्बा मार्गमा ७१ बर्षीया नरमाया भुजेललाई उनकै ज्वाँई ४१ वर्षीय रामबहादुर रम्तेलले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारपछि उनले आफैं घाँटी रेटेर आ´त्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार घरको बरन्डाको कोठामा घाँटी काटिएको अवस्थामा ज्वाईंको शव फेला परेको थियो । त्यही कोठामा टाउको काटिएको र देब्रेतर्फको भागमा गहिरो चोट लागेको गम्भीर घाइते अवस्थामा सासू भेटिएकी हुन्, उनले भने, ‘प्रहरी पुग्दा कोठा रगतले लतपतिएको अवस्थामा थियो । पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ ।’ खुकुरी प्रहारपछि भुजेल गम्भीर घाइते भएकी छन् । घाइते भुजेलको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेकाले विराटनगर नर्सिङ होममा लगिएको छ । घटना बिहीबार रातिको भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतककी श्रीमती करिब डेढ महिना अघि मात्र वैदेशिक रोजगारीमा दुबई गएकी छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क