इन्फो नेपाल — सञ्चारको सञ्जाल

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेल बेलुका ५ बजे सुरु हुनेछ।

​यो फाइनल भिडन्त दोस्रो संस्करणकै पुनरावृत्ति हो। अघिल्लो सिजनको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। आजको खेल जितेमा लुम्बिनीले लगातार दोस्रोपटक एनपीएलको उपाधि रक्षा गर्नेछ।

​अर्कोतर्फ, लगातार तेस्रोपटक फाइनल खेल्न लागेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ। एनपीएलका तीनवटै संस्करणमा फाइनल पुग्ने एक्लो टोली बनेको सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो। जारी सिजनमा सुदूरपश्चिमले लिग चरणको पहिलो खेलमा ७ विकेट र पहिलो क्वालिफायरमा ६ विकेटको हार लुम्बिनीसँगै बेहोरेको थियो। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

​प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट नेपाली खेलाडीलाई कार र उदीयमान खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ।

​गत कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता आज सकिँदैछ। आईसीसीबाट मान्यता प्राप्त यस संस्करणमा डीआरएस प्रविधिको प्रयोगसँगै डेभिड मिलर, डेभिड वार्नर र आन्द्रे रसेलजस्ता अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता मुख्य आकर्षण बनेको छ।

सम्बन्धित समाचार

मुग्लिन नजिकैको घोप्टेभीर खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

हेटाैँडा । नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि गाडी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ । जिल्ला प्रशासन का…

हेटौँडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु, १६ वर्षीय चालक नियन्त्रणमा

हेटौँडा । हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि मोटरसाइकलबाट खसेर सर्…

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​हेटौंडामा एकादशीको रौनक: त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा भव्य मेला

हेटाैँडा । हरिबोधिनी एकादशीका अवसरमा शुक्रबार मकवानपुरका प्रमुख धार्मिक स्थलहरू त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा मेला लागेको छ। बिहानैदेखि पूजाआजा र दर्शनका लागि मन्दिर परिसरहरूम…