इन्फो नेपाल — सञ्चारको सञ्जाल

नदी क्षेत्रका सार्वजनिक जग्गा खाली गर्न इटहरी उपमहानगरको दोस्रो सूचना जारी

सुनसरी: इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिए पछि आइतबार १५ दिने दोस्रो सुचना जारी गरिएको छ । पहिलो ३५ दिने सुचना नमानि कसैले पनि अवैध संरचना नभत्काएपछि दोस्रो सुचना गरिएको थियोे । ३५ दिनभित्र नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियो । असार ३१ गते जारी गरिएको ३५ दिने सूचनाको म्याद सकिँदा पनि सूचनाबमोजिम टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराका दुवै किनारबाट ६- ६ मिटर क्षेत्र खाली नगरिएपछि १५ दिनको म्याद राखी पालिकाले दोस्रो सूचना जारी गरेको हो । खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । खोला पैनी मिच्नेको घर तथा संरचना भत्काउने अभियान द्धारिकलाल चौधरी नगरप्रमुख हुँदा समेत नथालिएको भने होइन तर त्यो सफल हुन सकेको थिएन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क