इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाल बंगलादेश बैंक तथा नेपालीरिका हाेटल बिच छुट गर्ने सम्बन्धि समझदारी

सुनसरी / नेपाल बंगलादेश बैंक तथा नेपालीरिका होटल प्रा.लि. बिच विद्युतिय प्रणाली प्रयोग गर्ने भुक्तानी कर्तालाई विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बंगलादेश बैंकको औपचारीक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने गत बैशाख १४ गते समझदारी भएको छ । यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतिय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने छ । समझदारी अनुरुप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । साथै होटलले विषेश छुट प्रदान गरी रु ९९,९९९ मा वार्षिक सदस्यता प्रदान गर्नेछ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिङ्ग पुल, निशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पूर्ण रेस्टुुरेन्टहरुमा १० प्रतिशतकाे छुट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ । देशका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा आफ्नो होटल चेन बिस्तार गर्ने उद्देश्य राखी स्थापना भएको नेपालीरिका होटल प्रा.लि.ले हाल मोरङ्ग जिल्लाकोे सुन्दरहरैंचा नगरपालीकाको विराटचोक र झापा जिल्लाको दमक नगरपालीकामा थ्रि-स्टार स्टाण्डर्डका होटलहरू सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी, थप गन्तव्यहरुमा नयाँ होटलहरू निर्माणको प्रकृयामा रहेको जनाइएकाे छ । नेपालीरिका होटल तथा नेपाल बंगलादेश बैंक बिच भएको समझदारीले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने र यसतर्फ थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । साथै विद्युतीय भुक्तानीको प्रवर्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने योजना रहेको दुुवै पक्षले जानकारी गराएका छन् । “सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २८ अाै वर्ष पुरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना १०० शाखा, ११ विस्तारित सेवा केन्द्र तथा ८७ वटा एटीएमबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क