इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाल बैंकका मेनेजर रकम हिनामिना गरेर फरार !

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंकका मेनेजर भने बैंकको लाखौँ रकम हिनामिना गरेर फरार भएका छन् । बैंकको बर्दियास्थित गुलरिया शाखाका शाखा प्रबन्धक बैंकको रकम हिनामिना गरेर फरार भएका हुन् । फरार भएका उनको ब्यापक खोजी जारी रहेको छ भने यस विषयमा बैंकको माथिल्लो तहमा समेत रिपोर्टिङ गरिएको छ । बैंक मेनेजर नै फरार भएपछी बैंकले एक विशेष टोली सो ब्रान्चमा अनुसन्धानका लागि खटाएको छ । न्यौपानेले बोक्दै आएको मोबाइल अहिले अफ छ । बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले न्यौपाने फरार भएको खबरको पुष्टी गरेका छन् । उनले न्यौपानेले आफ्नो पदको दुरुपयोग गरी रकम अपचलन गरेर भागेको र यस विषयमा बैंकले एक विशेष टोली नै खटाएर अनुसन्धान गरिरहेको बताएका छन् । ‘बैंकका मेनेजरले अलिअलि बदमासी गरेको पाइएको छ । हामीले यस विषयमा विशेष टोली नै खटाएका छौँ । सो टोली अव केहिदिनमा काठमाडौँ आउनेछ । त्यसपछि थप विवरण थाहा हुन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अधिकारीले भने- ‘बैंक मेनेजरबाट पदको दुरुपयोग भएको छ । के कति रकम अपचलन भएको छ भन्ने तथ्य हाम्रो विशेष टोली काठमाडौँ फर्किएपछि थाहा हुन्छ।’ उनका अनुसार उनले बैंकको रकम अपचलन गरेको खबर प्राप्त भएपछि बैंकले विशेष टोली सो साखामा खटाएको थियो । बैंकका सोहि साखाका अर्का एक कर्मचारीले दिएको जानकारी अनुसार न्यौपानेले बैंकको लाखौं रुपैयाँ हिनामिना गरेका छन् । हिनामिनाबारे बैंकको माथिल्लो तहसम्म रिपोर्ट पुगेको खबर प्राप्त भएपछि उनी फरार भएका हुन् । ‘हाम्रो बैंकमा मेनेजर सरको रबैया पहिलादेखि नै ठिक थिएन । उहाँ मनपरी गर्नमा माहिर हुनुहुन्थ्यो । यसपाली फस्नुभयो।’ ती कर्मचारीले अर्थ सरोकारसँग भने-‘बैंकको विशेष टोली पनि आएको छ । प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय बर्दिया, गुलरियाकाका प्रमुख तथा प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर साहीलेसमेत न्यौपाने हराएको विषयमा थप अनुसन्धान जारी रहेको बताएका छन् । ‘परिवारले आफ्ना सदस्य हराएकाले खोजी गरिदिन भन्दै प्रहरीमा उजुरी दिएका छन् । हामीले उहाँको हुलिया अनुसार खोजी गरिरहेका छौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै प्रहरी प्रमुख साहीले भने- ‘बैंकले पनि यस विषयमा फलोअप गरिरहेको छ । बैंकबाट रकम अपचलन गरी उनी भागेको भन्दै बैंकले पनि अनुसन्धानबारे अपडेट लिईरहनुभएको छ ।’ उनका अनुसार यस विषयमा थप अनुसन्धान जारी छ । न्यौपानेको फोन नम्बरसमेत अफ भएकाले अहिले प्रहरीलाई उनको लोकेसन ट्रयाक गर्न अफ्ट्यारो भईरहेको छ । तर उनको फोन नम्बर ‘अन’ हुँदासम्म उनलाई सोहि स्थान परिसरमा देखिएको बुझिएको छ ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते