इन्फो नेपाल — सञ्चारको सञ्जाल

नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार बालुवाटारमा भएको पाँच दलीय गठनबन्धनको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको उल्लेख गर्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । यही असार २६ गते नेकपा (एमाले)ले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ‘एम अधिकारी’को नाम रहेको छ । उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको समाचार सार्वजनिक भइरहेका अवस्थामा तीब्र रुपमा उनको राजीनामा माग हुँदै आएको छ । सोही विषयलाई लिएर आजको गठनबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका थिए । सोही क्रममा प्रधानमन्त्री देउवाले पनि गभर्नर अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । एक नेताका अनुसार प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको कारण उनी स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । त्यसोत, विहीबार मात्रै प्रधानमन्त्री देउवासँग गभर्नर अधिकारीले भेट गर्दै राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिको बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क