इन्फो नेपाल — सञ्चारको सञ्जाल

नौ दिनमा नै ३० देशमा फैलियो ‘ओमिक्रोन भेरियन्ट’

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ९ दिनमा नै ३० देशमा फैलिइसकेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ‘ओमिक्रोन’ अमेरिका हुँदै छिमेकी राष्ट्र भारतमा समेत फैलिइसकेको छ । विहीबार (हिजो) मात्रै भारतको कर्नाटकमा कोरोनाको ‘ओमिक्रोन’ संक्रमितहरुफेला परेका थिए । अनुसन्धानकर्ताहरुका अनुसार ओमिक्रोनको फैलावट डेल्टा भेरियन्ट भन्दा कयौं गुणा बढी रहेको छ ।डेल्टा भेरियन्टकै कारण भारत र नेपाललगायतका देशहरुमा कोरोनाको दोस्रो लहर आएको थियो । सबै भन्दा पहिलो दक्षिण अफ्रिका र बोत्सवानामा ‘ओमिक्रोन’को पहिलो केस भेटिएको थियो । यस भाइरसको कुल ५३ म्युटेशन भइसकेको र उसको स्पाइक प्रोटिनमै ३२ म्युटेशन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । यसका साथै ओमिक्रोनको रिसेप्टर बाइन्डिङ डोमेनमा पनि १० म्युटेशन भइसकेको छ । त्यसोत, डेल्टा भेरियन्टको स्पाइक प्रोटिनमा १८ म्युटेशन हुने गथ्र्यो । स्पाइक प्रोटिनमार्फत् मानव शरीरमा भाइरस प्रवेश गर्ने गर्छ । यूनानमा कोरोनाविरुद्धको खोप अनिवार्य : यूनानमा कोरोनाविरुद्धको खोप लगाउन इन्कार गरिरहेका ६० वर्ष भन्दा बढी उमेरकालाई मासिक जरिवाना लाग्नसक्ने बताइएको छ ।त्यहाँका नेताहरुले यस कठोर नीतिले आफ्नो भोट घट्नसक्ने भएतापनि जनताको ज्यान बच्ने बताएका छन् । यूनानमा ६० वर्ष भन्दा बढी उमेरका करिब १७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । एजेन्सी

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क