इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाँचथरको घुमाउनेटारमा आगलागी हुँदा एकै परिवाका दुई जनाको मृत्यु, दुई जना घाइते

सुनसरी / पाँचथरको फिदिम नगरपालिका-८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशासिंह थेबे (गुरुङ)को मृत्यु भएको इलाका प्रहरी कार्यलय फिदिमले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन । घाइतेको अवस्था सामान्य रहेको छ । घरमा ७ जना सुतेका थिए भने तीन जना भागेर बाच्न सफल भए । घर पुर्ण रुपमा ध्वस्त भएको छ भने आगलागी मंगलबार रातको साढे १ बजेबाट सुरु भएको थियो । प्रहरी नेतृत्वको टोली सहित दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणसँगै उद्वार गरिएको हो । घट्नामा ५० लाख रुपैंया भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क