इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी : पाँचथरको हेवा खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेची राजमार्ग हुँदै फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना २ ख ९२१५ नम्बरको ट्रक हिलिहाङ गाउँपालिका- ७ हेवा खोलामा आइतबार साँझ ट्रक दुर्घटना भएको हो । आफैं अनियन्त्रित भई ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो । मृत्यु हुने हिलिहाङ- ७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको हो । गम्भीर घाइते तामाङको उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । दुर्घटनामा ट्रकका चालक ४५ वर्षीय पारसमणि थापा र ३१ वर्षीय जीवन गदाइली घाइते भएका छन् । घाइतेमध्ये चालक थापाको अवस्था गम्भीर थिए । घाइतेको पाँचथरमै उपचार भइरहेको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क