इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाँचौं सरस्वती कप फुटवल प्रतियोगिताको हात पारे फाक्चामारा र खुवाफोकले

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ कुसेटारमा आयोजना भएको पाँचौं सरस्वती कप फुटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ फाक्चामारा फुटवल क्लव र महिलातर्फ खुवाफोक फुटवल क्लवले जितेको छ । फाइनल खेलमा तिलीगाउँ फुटवल क्लवलाई शुन्यको विरुद्ध एक गोलले पराजित गर्दै तेह्रथुमको फाक्चामाराले उपाधी जितेको हो । उपाधीसँगै फाम्चामाराले नगद ५५ हजार ५ सय ५५ रुपैया र ट्रफी प्राप्त गर्यो भने उपविजेता वनेको तिलीगाउँ फुटवल क्लवले नगद ३५ हजार ५ सय ५५ रुपैयामा चित्त वुझाएको हो । त्यस्तै महिलातर्फ पाख्रिवास फुटवल क्लवलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै खुवाफोक फुटवल क्लवले उपाधी जित्यो । उपाधीसँगै खुवाफोकले नगद १५ हजार रुपैया र ट्रफी र उपविजेता पाख्रिवास फुटवल क्लवले नगद १० हजार रुपैया र ट्रफीमा चित्त वुझायो । विजेता तथा विजेता टिमलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, जिल्ला फुटवल संघ धनकुटाका उपाध्यक्ष मणि देवान, ३ नं. वडाध्यक्ष टेकप्रसाद लिम्बू लगायतले पुरस्कार वितरण गरेका थिए । गत माघ २६ गते देखि सुरु भएको प्रतियोतिामा पुरुषतर्फ १६ र महिलातर्फ ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता संचालनको लागि साँगुरीगढी गाउँपालिकाले आर्थिक सहयोग गरेको आयोजक ड्रिम ब्बाइज क्लवका अध्यक्ष नविन माझीले बताए । कुसेटारमा हरेक वर्ष लाग्दै आइरहेको ऐतिहासिक सरस्वती मेलाको अवसर पारेर प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क