इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाँच प्रदेशका धेरै सडक अवरुद्ध, संखुवासभा र रसुवामा प्रमुख राजमार्ग ठप्प

हेटौँडा | अविरल वर्षा र बाढी–पहिरोका कारण मंगलबार साँझसम्म बागमतीसहित पाँच प्रदेशका प्रमुख सडकहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

मंगलबार साँझ ७:५० बजेसम्मको अवस्थाअनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकहरू आवागमनका लागि अस्थायी रूपमा बन्द भएका हुन्।

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ बरुण क्षेत्रमा पहिरो जाँदा कोशी राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। यही मार्ग नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण नाका हो। साथै, रसुवागढी हुँदै चीनसँग जोडिने पासाङल्हामु राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी र सडक डिभिजन कार्यालयहरूले जानकारी दिएका छन्।

यस्तै, गण्डकी प्रदेशको बागलुङ र गुल्मी, लुम्बिनीको रोल्पा, कर्णालीको रुकुमपश्चिम र डोल्पाका भित्री सडकहरू पनि ठाउँ–ठाउँमा अवरुद्ध भएका छन्। कतिपय ठाउँमा साना सवारी साधनले जोखिम मोलेर आवागमन गरिरहेका छन् भने कतै बाटो पूर्णरूपमा बन्द हुँदा स्थानीयहरू पैदल हिँड्न बाध्य छन्।

सडक विभागका अनुसार निरन्तरको पानीले माटो चर्किएको र थप वर्षा भइरहेकाले तत्काल सुधारमा कठिनाइ भएको छ। स्थानीय प्रशासन र नेपाली सेना–सशस्त्र प्रहरी खटिएर माटो पन्छाउने प्रयास जारी राखिएको छ।

सडक डिभिजन कार्यालयले यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र पहिरोको जोखिम रहेको स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क