इन्फो नेपाल — सञ्चारको सञ्जाल

पिकअपको ठक्करबाट सुन्दरहरैचाका एकको मृत्यु

धनकुटा | धनकुटामा मोटरसाइकललाई पिकअप गाडीले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।

कोशी राजमार्गको धनकुटा–हिले खण्डमा आइतबार अपराह्न ५ः२० बजेतिर प्रदेश १–०२ ०५३ प ३१६८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०४ ००१ च १३३६ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकको पछाडि सवार मोरङको सुन्दरहरैँचा नगरपालिका ८ का ३२ वर्षीय सुमन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा नगरपालिका १ निगालेस्थित बागेश्वरीथानको सहायक मार्गबाट राजमार्गमा पिकअपले घुम्तीमा ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पिकअप चालक लक्ष्मण राई र मोटरसाइकल चालक दिपेश ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक मोटरसाइकलका चालक ढकालका भिनाजु रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क