इन्फो नेपाल — सञ्चारको सञ्जाल

पुलको ठेक्का लिएर काम नगरेको भन्दै सांसदको फोटो राखेर बिरोध

हेटौँडा - मकवानपुरको मनहरी गाउँपालिकामा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने ठेकेदार, नदीजन्य पदार्थको राजश्व मिनाहा, पाडापाडी वितरणमा अनियमितता र निर्माणाधिन मनहरी अस्पतालमा कमसल सामग्रीको प्रयोग भएको विरोधमा शुक्रबार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा पुल निर्माण गर्ने ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, अन्य ठेकेदार शिव चौलागाईँ र मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको फोटो सहितको कालो ब्यानर प्रदर्शनस्थलमा राखिएको थियो। ब्यानरमा "माननीय ठेकेदार इन्द्रबहादुर बानियाँ ज्यू यो पुल कहिले बन्छ?" लेखिएको छ। यस्तै, गाउँपालिका अध्यक्ष कालाखेतीलाई निजी सवारी साधनमा सरकारी ढुकुटी खर्च गर्न पाउने प्रश्न गरिएको छ। त्यस्तै मनहरी गाउँपालिकाभित्रको ढुँगा, गिटी, बालुवाको राजश्व मिनाहा गर्ने अधिकार कसले दियो भन्ने प्रश्न, पाडापाडी वितरणमा भएको अनियमितताको छानबिन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नसहित मनहरी अस्पताल निर्माणमा कमसल सामग्रीको प्रयोग गरिएको भन्दै आलोचना गरिएको छ। प्रदर्शनमा बोल्दै नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले मनहरीमा बढ्दो अनियमितताका बारेमा ध्यानाकर्षण गराउँदा पनि पालिकाले चासो नदेखाएकाले यस्तो प्रदर्शन गरिएको बताए। उनका अनुसार, मनहरीमा ५ वटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा हुँदै आएको अनियमिततालगायतका विषयमा पाँच दलले ध्यानाकर्षण गराएर पनि चासो नदेखाएपछि यस्तो आन्दोलनमा उत्रिएको हो। यसअघि पाँच दलका नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर गाउँपालिकालाई नदीजन्य पदार्थमा गरिएको राजश्व छुट लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए। तर, चासो नदिएपछि यो प्रदर्शन गरिएको सुवेदीले बताए। मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदिजन्य पदार्थमा गरिएको राजश्व छुट लगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क