इन्फो नेपाल — सञ्चारको सञ्जाल

पुस २५ देखि माघ १ गते सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाइको यो साता कति शुभ ? हेर्नुहोस् पुस २५ देखि माघ १ गतेसम्मको साप्ताहिक राशिफल मेष -प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। रकम जोहो गर्न सरसापट लिनुपर्ला। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ। वृष - पछिसम्म लाभ हुने काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। सहयोग र सरसापटमा केही रकम भने बाहिरिन सक्छ। मंगलवार र बुधवार खर्च बढ्नुका साथै अधिक रकम आवश्यक पर्न सक्छ। तापनि पछिका लागि लगानी गर्ने मौका जुट्नेछ। सोखले खर्च निम्त्याए पनि पछिका लागि सामान जोहो गर्ने समय छ। सप्ताहान्तमा पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। साथीभाइसँग रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। मिथुन - प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। बीचमा परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वास्थ्यका लागि भने अलि सजग रहनुहोला। कर्कट -प्रारम्भमा केही चुनौती देखिए पनि सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। मिहिनेतको प्रतिफल तत्काल हातलागी नहुन सक्छ। अवसरका लागि एउटै काम दोहोर्याएर गर्नुपपर्ला। केही हिस्सा अरूका लागि खर्च गर्नुपरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ। तर सप्ताहान्तमा भने फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आम्दानी बाहिरिनाले पनि धन सञ्चय गर्न नसकिएला। सिंह - प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अरूको स्वार्थमा उपयोग भइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले पनि उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउन सकिनेछ। पहिलेका चुनौती पार लगाएर लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा आम्दानी बढ्नेछ र सामाजिक प्रतिष्ठा पाइनेछ। कन्या - प्रारम्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियभेट हुनाले मनमा आनन्द मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर सोमवारपछि अर्थ अभावले सताउन सक्छ। अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग गर्दा अलि सावधान रहनुपर्ला। बिहीवारदेखि स्थितिमा सुधार आउनाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि रोकिएका काम बन्नेछन्। तुला - साताकाे पूर्वार्ध निकै फलदायी रहनेछ। प्रयत्न गर्दा राम्रै उपलब्धि हातपार्न सकिनेछ। बुधवारसम्म व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कामको सफलताले थप ऊर्जा मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। मन मिल्ने साथी टाढिए पनि प्रेमको बन्धन कसिनेछ। टाढा रहेका प्रियजनको यादले सताउन सक्छ। बिहीवार र शुक्रवार स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। सप्ताहान्तमा भने भाग्यले साथ दिनेछ। वृश्चिक - अध्ययनमा सफलता प्राप्त हुनेछ भने नयाँ कार्य थालनी हुन सक्छ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। व्यावसायिक काममा पनि फाइदा हुनेछ। कर्मयाेगले सफलताकाे उचाइमा पुर्याउनेछ। प्रतिस्पर्धीहरू स्वतः पछि पर्नेछन्। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। व्यापार र उद्योगमा सामान्य फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले काम बन्नेछन्। नयाँ याेजना थाल्ने अवसर छ। प्रियजनसँग भेटघाट हुनेछ। सप्ताहान्तमा भने केही खर्चिलो काम गर्नुपर्ला। स्वास्थ्यका लागि विशेष सावधान रहनुहोला। धनु - प्रारम्भमा अन्योल बढ्ने हुँदा काम बिग्रने चिन्ताले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। तापनि सोमवारदेखि स्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। बीचमा प्रतिस्पर्धीहरूले दु:ख दिनेछन्। व्यापार र उद्योगमा काम रोकिन सक्छ। सप्ताहान्तमा व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्राप्त उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मकर - सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मंगलवार र बुधवार पारिवारिक असमझदारी देखिए पनि चिताएको काम सम्पन्न हुनेछ। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला। कुम्भ - सामान्य विवाद भए पनि बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बीचमा घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। योजनाहरू गोप्य राख्नुहोला। सप्ताहान्तमा भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। मीन - स्वास्थ्य कमजोर देखिए पनि आफन्त नजिकिनाले मन प्रफुल्ल हुनेछ। इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। सोमवारदेखि परिस्थितिवश केही बाधा होला। वादविवादले काममा समस्या निम्त्याउनेछ। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। अरूको भर पर्दा समस्या देखिए पनि बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। सहयोगीहरू जुट्नाले महत्त्वपूर्ण काम बनाउन सकिनेछ। आफन्तको सहयोग जुट्नाले अवरोध पनि हट्नेछ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी