इन्फो नेपाल — सञ्चारको सञ्जाल

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ । शुक्रबारकाे ११ औं नगर सभाले आगामी आवको लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँकाे बजेट प्रस्ताव गरेकाे हाे । प्रस्तुत बजेटमा केन्द्रगत रूपमा नगर कार्यपालिकाको कार्यालयतर्फ १ अर्ब २५ करोड, सामाजिक विकासमा २ अर्ब ६ करोड, शिक्षामा १ अर्ब ४९ करोड, स्वास्थ्यतर्फ ५० करोड ८ लाख, कृषिमा १६ करोड ७३ लाख, वडा कार्यालयतर्फ ७२ करोड र पूर्वाधातर्फ ४ अर्ब ५३ करोड छुट्याइएकाे छ । सबैभन्दा बढी पूर्वाधारतर्फ ५१ प्रतिशत बजेट छ । पूरा बजेटमध्ये संघ सरकार अनुदानबाट २ अर्ब ५८ करोड, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट ३ अर्ब १ करोड पाउने अनुमान छ । यस्तै, राजस्व बाँडफाँडबाट ३७ करोड ३७ लाख व्यहोरिने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते