इन्फो नेपाल — सञ्चारको सञ्जाल

फेसबुक कम्पनीको नयाँ नाम अब "मेटा"

कात्तिक १२, फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। उसले यसअघिको ‘प्योरेन्ट’ कम्पनीलाई परिवर्तन गरेर ‘मेटा’ बनाएको छ। कम्पनीको नाम परिवर्तन भएपनि सामाजिक संजालमा भने नाम परिवर्तन नहुने फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मार्क जुकरबर्गले बताएउनु भएको छ।उनले बिहीबार कम्पनीको नाम ‘मेटा’ रहने घोष्णा गरिसकेका छन् । सीइओ मार्कजुबर्गले आगामी भविष्यको उत्कृष्ट कार्यका लागि कम्पनीको नाम परिवर्तन गरेको प्रतिकृया दिएका छन् । आगामी दिनमा सामाजिक संजाल भन्दा बाहिरका क्षेत्रमा काम विस्तार गर्ने योजनामा रहेको उनले सुनाएका थिए । नयाँ नाम मेटाले अन्य कामहरु पनि गर्ने भन्दै युरोपमा १० हजार कर्मचारी नियुक्त गर्ने घोषणा उनले गरिसकेका छन् । उनले नयाँ कम्पनी मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरेका छन् । अन्य कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेर उल्लेख गरेका छन् ।जसरी सन् १९८० को दशकमा ठूला–ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्‍यो, त्यसरी नै भर्चुअल रियालिटीलाई ‘मेटाभर्स’ले विस्थापित गर्ने उनको योजना रहेको भनेर चर्चा विश्व बजारमा हुँन थालेको छ ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता