इन्फो नेपाल — सञ्चारको सञ्जाल

बजेट २०८२/८३: खेलकुदमा रेकर्ड लगानी, कृषिमा आत्मनिर्भरता, युवालाई सस्तो ऋण

काठमाडौं | उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा युवा, खेलकुद, कृषि र स्टार्टअप क्षेत्रमा उल्लेख्य रकम विनियोजन गरिएको छ। खेलकुदमा ऐतिहासिक बजेट यस पटक युवा तथा खेलकुद मन्त्रालयका लागि अहिलेसम्मकै उच्च बजेट विनियोजन गर्दै ६ अर्ब ८ करोड रुपैयाँ छुट्याइएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ५० करोडभन्दा २ अर्ब ५८ करोडले बढी हो। खेल पूर्वाधारमा विशेष जोड दिँदै १०औं राष्ट्रिय खेलकुद, त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, दमकमा आधुनिक रंगशाला निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला तथा उच्च भू-उचाइ खेलकुद रंगशालाको विकास बजेटमा समेटिएको छ। कृषिमा ५७ अर्बको लगानी कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ। आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने लक्ष्यसहित दूध, मासुजन्य उत्पादनमा उत्पादन वृद्धि, पकेट जोन प्रणाली विस्तारजस्ता कार्यक्रम अगाडि सारिएको छ। जेनेरेसन जेडलाई ३% ब्याजमा ऋण युवाहरूलाई उद्यमशील बनाउन सरकारले ३ प्रतिशत ब्याजमा ७३ करोड रुपैयाँ बराबरको सहुलियत ऋण व्यवस्था गर्ने घोषणा गरेको छ। स्टार्टअप र इनोभेटिभ आइडियालाई अगाडि ल्याउने उद्देश्यसहित यो कार्यक्रम ल्याइएको हो। कुल मिलाएर हेर्दा, आगामी बजेटमा सरकारले उत्पादनमुखी कृषि, खेल पूर्वाधार विकास र जेनेरेसन जेडको उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते