इन्फो नेपाल — सञ्चारको सञ्जाल

बझाङका ७ वर्षीय बालकको अरिङ्गालको टोकाइबाट मृत्यु

बझाङ । बझाङको थलारा गाउँपालिकाका एक बालकको अरिङ्गालको टोकाइबाट मामाघरमा मृत्यु भएको छ । थलारा गाउँपालिका-८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । भाइटिका मान्न डोटीको सायल गाउँपालिका- ५ गुरेना गएकी आमा आरती जोशी सँगै गएका बालकलाई मंगलबार दिउँसो ३:३० बजेको समयमा घर नजिकै अरिङ्गालले टोकेको थियो । बालकलाई अरिङ्गालले टोकेपछि उपचारका लागि स्वास्थ्य संस्था लिएर सुई लगाइएको र औषधी उपचार पछि घर फर्काइएको उनका आफन्तले बताए । बालकसँगै अन्य त्यहीँका दुई बालक र एक महिलालाई अरिङ्गालले टोकेको थियो । उनीहरूलाई धेरै अरिङ्गालले नटोकेको र मृत बालकलाई धेरैले टोकेको थियो । उनको आज बिहीबार बिहान ५ बजेतिर मामाघरमै मृत्यु भएको थलारा गाउँपालिका-८ का वडा अध्यक्ष टिकाराज जोशीले जानकारी दिए । उनका अनुसार अन्जान व्यक्तिले अरिङ्गालको गोलामा ढुङ्गा हानेको हुनसक्ने र त्यसपछि त्यो ठाउँमा बालक जाँदा टोकेको हो । बालक थलारा गाउँपालिका-८ बिस्खेत स्थिति कालिका प्राथमिक विद्यालयमा कक्षा २ मा अध्यनरत थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क