इन्फो नेपाल — सञ्चारको सञ्जाल

बझाङ र इलाम दुवै क्षेत्रमा एमालेको विजय

काठमाडौं | बझाङ प्रदेश सभा १ र इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको छ। बझाङमा एमालेका दमन भण्डारी र इलाममा सुहाङ नेम्वाङ विजयी भएका छन्। बझाङमा भण्डारीले नेपाली कांग्रेसका अभिषेक सिंहलाई २६७ मतले पराजित गरेका छन्। भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरे भने सिंहले ११ हजार ३४६ मत पाएका छन्। यहाँ नेकपा माओवादी केन्द्रका जनक बुढा तेस्रो र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह चौथो स्थानमा रहेका छन्। अर्कोतिर, इलाममा एमालेका नेम्वाङले २७ हजार ७७२ मत पाएर नेपाली कांग्रेसका डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका छन्। खड्काले २१ हजार ९४२ मत मात्र प्राप्त गर्न सके। तेस्रो स्थानमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू चौथो स्थानमा परेका छन्। इलामको उपनिर्वाचनपछि युवा नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभामा प्रवेश गर्ने भएका छन्। जनताले संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई निर्वाचित गरेर पठाएका हुन्। यसअघिको निर्वाचनमा इलाममा कांग्रेसले एमालेसँग मात्र ११४ मतले पराजित भएको थियो तर यसपटक भने सम्मानजनक मत प्राप्त गर्न सकेन। बझाङतर्फ निर्वाचित कांग्रेस सदस्य सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा उनका छोरा नै उम्मेदवार बनेका थिए तर उनी पराजित भए। उता राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङमा उम्मेदवार नै उभ्याएको थिएन। पहिचानवादी उम्मेदवारले इलाममा सम्मानजनक मतसंख्या प्राप्त गरेका छन्। कांग्रेसलाई भने दुवै क्षेत्रमा झड्का लागेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क