इन्फो नेपाल — सञ्चारको सञ्जाल

बडादसैँका विभिन्न साइतहरु निर्धारण, कुन समय टीका लगाए उत्तम ?

काठमाडौं । नेपाल नेपाल पञ्चांग निर्णायक समितिले यो बडादसैँका विभिन्न साइतहरु निर्धारण गरेको छ । जसमा टीका लगाउने उत्तम साइत असोज २९ गते शुक्रबार १०:०२ बजे परेको छ । उक्त साइतमा टीका लगाउदा पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस्तैरी आफन्त टाढा भएर उक्त साइतमै नभ्याउनेहरुले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सक्नेछन् । त्यस्तै असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत परेको पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । उक्त दिन पश्चिम फर्केर झन्डा फेर्नुपर्ने समितिको सुझाव छ । असोज २५ गते सोमबार पचली भैरव यात्रा पछि त्यस्को भालिपलट असोज २६ गते मंगलबार फूलपाती परेको छ । त्यस्तै असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नु उत्तम साइत रहेको समितिले जनाएको छ । असोज २८ गते बिहीबार महानवमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत हो ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता