इन्फो नेपाल — सञ्चारको सञ्जाल

बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पाेखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । पोखरामा बिहानैदेिख बन्दको प्रभाव छ । सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार बन्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।

सम्बन्धित समाचार

गोरखाको धार्चेमा सुक्खा पहिरो

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो। ​पहिरो…

इन्फो डेस्क

बाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बाढीपहिरोले तहसनहस बेनी–दरवाङ–मुना सडक, पुनर्निर्माणमा सात करोड

बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्‍याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने,…

इन्फो नेपाल संवाददाता