इन्फो नेपाल — सञ्चारको सञ्जाल

बराहक्षेत्रमा जुवा तास अवस्थामा १५ जनालाई पक्राउ

सुनसरी : बराहक्षेत्रमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका - ८ बस्ने बहादुर खड्का भन्ने नामको घरमा कौडा (जुवा) खेल खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको छ । इलाका प्रहरी निरीक्षकको कमाण्डय टोली खटि गई चेकजाँच गर्ने क्रममा १५ जना व्यक्तिलाई कौडा खेलिरहेको अवस्थामा कौडासहित खालबाट नगद २ लाख ८२ हजार ५५ रूपियाँ सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई मुलकी अपराध संहिता - २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जिल्ला प्रशासन कार्यलय सुनसरीबाट तीनदिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र -६ बस्ने ४६ वर्षका अगम तामाङ ,बराहक्षेत्र -८ बस्ने वर्ष ४१ का वसन्त राई र सोही स्थनका वर्ष ६८ का मदन घिमिरे जस्ता १२ जनालाइ प्रहरीले पक्राउ गरेको छ । १२ जनाको नाम खुल्न बाकि रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क