इन्फो नेपाल — सञ्चारको सञ्जाल

बराहक्षेत्रमा तीन युवतीमाथि कुटपिटमा संलग्न पाँचै जना पक्राउ

सुनसरी / सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीकिनारमा तीनजना किशोरीलाई कुटपिट गर्ने समूहका पाँचै जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २९ गते साँझ ५ बजेतिर भएको घटनामा संलग्न पाँचैजनालाई विभिन्न मितिमा पक्राउ गरी सार्वजनिक गरिएको हो । पाँच जना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेको थियोे । प्रहरीका अनुसार कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका- १० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र- ८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ गरेको इलाका प्रहरी कार्यलय बराहक्षेत्रले जनाइएको छ । तीन युवतीहरूलाई बोलाएर कुटपिट गरेका थिए । चिनजानकै साथीहरु रहेका उनीहरुबीच एक अर्काको ब्वाईफ्रेन्डको पोल खोलिदिएको बिषयमा सामान्य विवाद भएको त्यसैलाई बिगो बनाएर झगडा भएको प्रहरीले जनाएको छ । कुटपिट गरेको भिडियो बनाएर उनीहरुले नै सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क