इन्फो नेपाल — सञ्चारको सञ्जाल

बराहक्षेत्रमा दुईवटा साइकल जुध्दा पछाडिबाट आएको ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु

सुनसरी / बराहक्षेत्रमा दुईवटा साइकल एकापसमा जुध्दा पछाडिबाट आएको ट्याक्टरले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । हिजो राति ७ बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका- ११ मधुवनस्थित भित्री सडकखण्डमा बराहक्षेत्र १० जुँगे बस्ने २१ वर्षीया सोलजा ठाकुरको मृत्यु इलाका प्रहरी कार्यलय बराहक्षेत्रले जनाएको छ मृतक ठाकुर र भारत बिहार राज्य बनेलेपटी ग्रामपञ्चायत ९ बोराहा बस्ने २३ वर्षीय अजिम साफीले चलाएको साइकल एकापसमा ठक्कर भएको थियोे । दुर्घटनामा लडेको अवस्थामा विपरीत दिशाबाट आँउदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको पछाडिको चक्काले साइकलयात्री ठाकुरलाई ठक्कर दिएको थियो । साइकल, ट्याक्टर र ट्याक्टर चालक बराहक्षेत्र ११ मधुवन बस्ने ४५ वर्षीय भुनेश्वर मेहता र अर्का साइकलयात्री अजिम साफीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क