इन्फो नेपाल — सञ्चारको सञ्जाल

बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, सुरक्षा जाँचमा कडाइ

मकवानपुर । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जोड्ने सडक खण्डमा सवारी दुर्घटना बढेपछि प्रशासनले सार्वजनिक सवारी सञ्चालनमा कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक जरुरी सूचना जारी गर्दै यस रुटमा रातिको समयमा यात्रुबाहक तथा सार्वजनिक गाडी सञ्चालन नगर्न निर्देशन दिएको हो।

​नयाँ व्यवस्थाअनुसार अबदेखि यस सडक खण्डमा चल्ने सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङस्थित प्रहरी चेकपोस्टमा पुगिसकेको हुनुपर्नेछ। त्यस्तै, बिहान ५ बजेपछि मात्र बल्खुबाट सवारीसाधन सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।

​प्रशासनले यात्रुबाहक सवारीको यान्त्रिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गर्न र प्रहरीलाई प्रत्येक गाडीको अनिवार्य जाँच गर्न निर्देशन दिएको छ। साँघुरो र घुम्तीयुक्त भिरालो सडक, सवारीको कमजोर यान्त्रिक अवस्था, तीव्र गति तथा रातिको समयमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेकाले यस्तो निर्णय लिइएको हो।

​साथै, तीव्र प्रतिस्पर्धाका कारण एउटै चालकले एकै दिनमा पटक-पटक ट्रिप गर्दा हुने अत्यधिक तनाव र अनिद्राले गम्भीर दुर्घटना निम्त्याएको प्रशासनको निष्कर्ष छ। यसै सडक खण्डमा पर्ने मकवानपुरको भीमफेदीमा गत बिहीबार मात्रै माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। यात्रु र चालकको सुरक्षाका लागि यो नियम कडाइका साथ लागू गरिएको प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते