इन्फो नेपाल — सञ्चारको सञ्जाल

बस र माइक्रो ठोक्किदा एकको मृत्यु, १४ जना घाइते

चितवन :चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र माइक्रो ठोक्किदा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । हाल नामथर वतन नखुलेको अन्दाजी ३६ वर्षको पुरुषको चितवन मेडिकल कलेजमा साँझ ७ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । काठमाडौंबाट बझाङतर्फ आउँदै गरेको ना ६ ख १३४० नम्बरको बस र बुटवलबाट काठमाण्डौ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो आज साँझ ५ः२० बजेको समयमा ठोक्किदा १४ जना घाइते भएका थिए । माइक्रोमा सवार गुल्मी तम्घास नगरपालिका–१ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देही देवदह नगरपालिका–६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरी हरिनगर गाउँपालिका–५ बस्ने वर्ष ४३ को प्रकाश कुमार मेहेताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । माइक्रो चालक रुपन्देही बुटवल उप–महानगरपालिका–२ बस्ने वर्ष २५ को कमल दर्जी, माइक्रो साहु नवलपरासी सुनौल नगरपालिका–७ बस्ने वर्ष ३० को कृष्ण बहादुर राक्स्य, चितवान भरतपुर महानगरपालिका–११ भोजाड बस्ने वर्ष ३७ को शुसिला पौड्याल, उनकी छोरी वर्ष १२ की दिप शिखा पौड्याल, छोरा वर्ष १० को दिप्सन पौड्यालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले जानकारी दिए । त्यस्तै, नवलपुर गैडाकोट नगरपालिका–२ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने गाउँपालिका–६ बस्ने वर्ष ४० को कृष्ण बहादुर घर्ती क्षेत्री, नवलपरासी मध्यबिन्दु नगरपालिका–११ बस्ने वर्ष ३४ को बाबुराम परियार, देवदह नगरपालिका–२ बस्ने वर्ष २२ को शिब सारु र गैडाकोट–२ बस्ने वर्ष १२ की नुतन ढकालको पनि सोहि कलेजमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क