इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाइकको पछाडि बसेर टिकटक बनाउँदा एक युवकको मृत्यु

दाङ । टिकटक बनाउने क्रममा लडेर दाङमा एक युवकको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजेतिर टिकटक बनाउने क्रममा मोटरसाइकबाटै भीरमा झरेका युवकको मृत्यु भएको हो । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट भीरमा झर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ । रातिको समयमा मृतक केसी झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई रातिनै उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर उनलाई अस्पताल पुर्याइए लगत्तै अस्पतालले मृतक घोषणा गरेको थियो । उनी सवार रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालकलाई पनि नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क