इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाख्रा चराउन गएको मौकामा बालिकालाई जबरज'स्ती क'रणी

सुनसरी : सुनसरी बराहक्षेत्रको ग्रामीण भेगका अधिकतर बुढापाकाको दैनिकी बाख्रा चराउने र गाइवस्तुको स्याहार गर्नेमा वित्छ। तिनै बुढापाकाको सिको गरेर आठ वर्षीया बालिका पनि स्कुल विदा भएको बेला बाख्रा चराउन जाने गर्थिन्। उनी बाख्रा चराउन गएको बेला बुढापाकाको साहरा खोज्नु स्वाभाविक हो। तर, बुढापाका अनि आफूले बुबा भनेर मानेका एक जनाले बालिकामाथि जबरजस्ती क'रणी गरेका छन्। बालिकालाई जब'रज'स्ती क'रणी गर्ने बराहक्षेत्र वडा नं.३ का ६० वर्षीय इन्द्रबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीका प्रहरी निरीक्षक टीका कार्कीले पीडित बालिकाका आफन्तले उजुरी गरेलगतै बस्नेतलाई पक्राउ गरेर केरकार गर्दा स्वीकारेको बताए। बस्नेतले ती बालिकालाई अन्तिम पटक जेठ १४ गते जब'रज'स्ती क'रणी गरेको अनुसन्धानबाट खुलेको छ। पीडित बालिकाका अनुसार बस्नेतले पटक–पटक गरेर चारपटक जर्वरज'स्ती क'रणी गरेका थिए। ‘आमालाई नभनी दे, भनीस भने ठीक हुँदैन भनेर डर देखाएपछि थुप्रै दिनसम्म कसैलाई केही नभनेको हो,’ बालिकाले नागरिकसँग भनिन, ‘एकपटक त भाग्न खोज्दा मेरो कपडा पनि च्यातिएको थियो।’ पीडित बालिकाका बाबुका अनुसार बालिकाले पिसाव गर्दा पोल्ने गरेको र स्कुल जादा साइकल लिएर जान जहिल्यै रहर गर्ने गरेकोमा साइकल चलाउन समेत नसक्ने भनेपछि स्थानीय क्लिनिकमा लादा जर्वरज'स्ती क'रणी भएको खुलेको थियो। त्यसपछि प्रहरीमा खबर गरिएको थियो। यतिबेला बस्नेत पक्राउपछि आफन्तले पीडित बालिकाका आफन्तलाई धम्की दिदैै आएको बताएका छन्। ‘बस्नेत परिवारले यतिबेला हामीलाई केही गर्न सक्दैनन्, प्रहरीमा गएर छोड्न नभने ठीक पार्ने गाउँलेबाट सन्देश पठाएर धम्की दिदै आएका छन,’ पीडित बालिकाका बाबुले भने। डर, त्रा'स, धा'क–धम्की, अनु'चित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका वा महिलामाथि जर्वरज'स्ती गरिन्छ भने त्यसलाई नै जर्वरज'स्ती क'रणी मानिन्छ। आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँघरका भलादमीबाटै जब'रजस्ती क'रणीका घटना हुने गरेका छन्। जर्वरज'स्ती क'रणीका घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा बालिका तथा महिलामाथि घिनलाग्दो रुप ज'र्वरजस्ती क'रणीका घटनामा उकालो लागेको प्रहरीले जनाएको छ। सुनसरीमा २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म १०० वटा जर्वरजस्ती क'रणीका मुद्दा दर्ता भएका छन्। जर्'वरजस्ती क'रणी उद्योगमा २८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनायो। नागरीक न्युज

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क