मकवानपुर: बागमती खेलकुद विकास समितिले आयोजना गर्न लागेको बागमती गोल्डकपको छैठौं संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै आयोजक समितिका अध्यक्ष टिकालाल श्रेष्ठले प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, ३ वटा मोफसल र एक विदेशी टोली सहभागी हुने जानकारी दिए। फागुन १० सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअघिको संस्करणमा विदेशी क्लब भुटानिज स्पोर्ट्स क्लब विजेता भएको थियो।
बागमती गाउँपालिकाले खेलाडी उत्पादन र विकासका लागि लगानी गरिरहेको पालिका अध्यक्ष सर्केश घलानले बताए। राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दै स्थानीय तहले खेलकुद क्षेत्रमा ठूलो योगदान दिइरहेको उनको भनाइ छ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…