इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट

हेटौंडा । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । आज दिउँसो हुने उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र ए डिभिजन लिगको टिम जावलाखेल युथ क्लब भिड्ने छन् । ३ गतेसम्म जारी रहने प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा आयोजक बागमती गाउँपालिका, मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र फूटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब र अमेरिकी टिम भुट्निज युथ स्पोर्ट्सको सहभागी रहनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा ७१ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यसैगरि,२०७७ मा भएको चौथो संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो ।साविक विजेता थ्री स्टार क्लब भने पाँचौं संस्करणको प्रतियोगितामा सहभागी नहुने भएको छ । चौथो संस्करणमा विदेशी टिम क्यामरुनलाई हराउँदै थ्रीस्टारले उपाधि जितेको थियो ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क