इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु, प्रतिपक्षले बैठक अवरुद्ध गर्ने तयारी

हेटौँडा | बागमती प्रदेशसभाको वर्षे (हिउँदे) अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ। तर, प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्ने रणनीति बनाएकाले अधिवेशन सञ्चालनमा अन्योल देखिएको छ।

प्रदेश सरकार र प्रतिपक्षी दलहरूबीच नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन। मुख्यमन्त्री बहादुरसिंह लामाले आह्वान गरेको सर्वदलीय बैठक पनि निष्कर्षविहीन बनेको छ।

माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसाद ढकालका अनुसार, सरकार विगतमा भएको सहमतिको कार्यान्वयनप्रति गम्भीर नभएकाले अहिलेको बैठक अवरुद्ध हुने अवस्था सिर्जना भएको हो।

विपक्षी दलले विगतका सम्झौता तथा सहमति कार्यान्वयन गर्न पटक–पटक आग्रह गरे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको आरोप लगाएका छन्। ढकालका अनुसार, सरकारले प्रतिपक्षका मागहरू सम्बोधन नगरेकाले वर्षे अधिवेशन सुरु भए पनि बैठक अवरुद्ध हुन सक्छ।

सामान्यतया प्रदेशसभाको वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने परिपाटी छ। तर, वर्तमान राजनीतिक गतिरोधका कारण नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरिने भन्ने टुंगो लाग्न सकेको छैन।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क