इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश सभाः बजेटमाथिको छलफलमा सत्तापक्ष नै अनुपस्थित

मकवानपुर: केन्द्र सरकारदेखी स्थानीय सरकारसम्म अहिले बजेट बारे नै चर्चा छ र बजेटमै जनप्रतिनिधिहरु ब्यस्त छन् । तर बागमती प्रदेशमा भने सत्तापक्षकै प्रदेश सभा सदस्यहरु आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत बजेटमाथि छलफलका लागि बोलाइएको बैठकमा दोस्रो दिनमा पनि अनुपस्थित भएका छन् । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत बजेटमाथि छलफल सकेको छैन । बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा सत्तापक्षका सांसदहरु उपस्थित नभएपछि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । दिउँसो १ बजे पनि बस्न नसकेपछि दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । ३ पटक स्थगित भएको बैठक साँझ ५ बजे बैठक सुरु भएको थियो । सत्ता पक्षका ५ जना मन्त्रीहरु र ३ जना सांसद उपस्थित भएपछि सभामुख भुवन कुमार पाठकले बैठक सुरु गर्न निर्देशन गरेका थिए । उक्त बैठकमा सत्तापक्षनै अनुपस्थित भएको भन्दै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक अवरुद्ध गर्‍यो । सभामुख पाठकले राप्रपाका प्रदेश संसदीय दलका नेता उद्धप थापालाई बोल्न समय दिएका थिए । नेता थापाले प्रदेश सरकारले ल्याएको बजेटमा विभेद भएको आरोप लगाए । अहिलेको बजेट एकतर्फीरुपमा आफ्नो क्षेत्रमा नेतृत्व गरेको मन्त्रीहरुको ठाउँमा असमान ढङ्गबाट बजेट हाल्ने काम भएको उनले बताए । काठमाडाँैमा खानेपानीको अभाव भएको तर प्रदेश सरकारले कुनै चासो नदिएको उनको धारणा थियो । बजेटप्रति असन्तुष्टि राख्दै प्रतिपक्ष र अन्य दलहरुले बागमती प्रदेश सरकारले ल्याएको बजेट मुख्यमन्त्री, अर्थमन्त्री, भौतिक पुर्वधार विकासमन्त्री र सामाजिक विकास मन्त्रीको क्षेत्रमा मात्र बजेट थुपार्ने काम भएको आरोप लगाएका छन् । प्रतिपक्षी र अन्य दलहरुले प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट विनियोजन हुनु पर्ने माग राख्दै आएको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क