इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागलुङमा जीप दुर्घटना हुदाँ ४ जना घाईते

बागलुङ: बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-१ एकपाटा पुष्पलाल मध्यपहाडी लोकमार्ग जीप दुर्घटना हुँदा जिपमा सवार चार जना घाईते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजार आउँदै गरेको ३-०१-००३ च ८६२५ नम्बरको गाडी काठेखोला-१ एकपाटा मध्यपहाडी लोकमार्ग बाट १० मिटर तल खस्दा चालक सहित चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । जीपमा सवार गलकोट नगरपालिका-३ हटियाकी ५२ बर्षिया नितु श्रेष्ठ, ५४ बर्षिय बिरबल श्रेष्ठ, ५९ बर्षिय कृष्ण श्रेष्ठ र चालक २६ बर्षिय अविशेक श्रेष्ठ घाईते भएको बताए । घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उपरीक्षक केसीले बताए ।बेक फेल भएर जीपजिप दुर्घटना भएको बताईएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क