इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाजेको कुटाइबाट नातिको मृत्यु

बैतडी । बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका– ६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट उनका २ वर्षीया नाति २ वर्षीय रेशमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले मानसिक सन्तुलन ठिक नभएका आफ्नै बाजे गणेशको कुटाइबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जानकारी दिए । कुटपिटबाट घाइते भएका उनका दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते छन् । उनको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पुर्चौडी नगरपालिका– ६ का वडाध्यक्ष नरेन्द्र साउदले नातिलाई कुटपिट गर्ने साउदको मानसिक अवस्था केही समयदेखि ठिक नभएको बताए । उनकाअनुसार केही दिनअघि गणेशले छोरा दीपकमाथि समेत कुटपिट गरेका थिए । कुुटपिटबाट टाउकोमा चोट लागेका दीपक उपचारका लागि धनगढी पुगेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क