इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिहीबारदेखि देशभर वर्षा, बाली नकट्न मौसम विभागको सुझाव

काठमाडौं | मौसमविद्हरूले बिहीबारदेखि देशभर वर्षा हुने प्रक्षेपण गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल क्षेत्रगत रूपमा भइरहेको वर्षापछि बिहीबारदेखि नयाँ प्रणाली सक्रिय भई देशका धेरैजसो भू-भागमा हल्कादेखि मध्यम वर्षा गराउने अनुमान गरिएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालको आकाशमा प्रवेश गर्नेछ, जसले वर्षाको सम्भावना थप बलियो बनाउनेछ। "बुधबारको तुलनामा बिहीबार धेरै पानी पर्ने देखिएकाले काटिएको बाली क्षति हुन सक्छ," अधिकारीले बताए। उनले यस साता गहुँ, मुसुरोजस्ता अन्न तथा दलहन बाली नकट्न वा काटिएको भए चाँडै भित्र्याउन सुझाव दिएका छन्।

उनका अनुसार पूर्वी र मध्य नेपालका धेरै ठाउँमा, र पश्चिममा लुम्बिनीसम्म पनि वर्षा हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा समेत वर्षा हुने प्रक्षेपण गरिएको छ। यद्यपि यो प्रिमनसुन अवधि भएकाले सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहन्छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार वर्षा गराउने प्रणाली आइतबारसम्म सक्रिय रहनेछ। "यदि गहुँ बाली भित्र्याउने सोचमा हुनुहुन्छ भने अर्को हप्ता सोमबारसम्म पर्खनु राम्रो हुन्छ," उनले सुझाए।

यसैबीच, बुधबार कोशी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको मौसम महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क