इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिहेको तयारी गर्दै गायिका मेलिना राई, सार्बजनिक गरिन हुनेवाला श्रीमान, को हुन् उनि ?

काठमाडौं : गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। शुक्रबार उनले फेसबुकमार्फत ‘हुनेवाला पति’ भन्दै प्रेमीसँगको तस्बिर सार्वजनिक गरेकी हुन्। उनले ‘नयाँ सुरुवात’ भन्दै प्रेमी सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी छन्। सञ्जीवलाई ट्याग गरिएको सो पोस्टमा मेलिनाले ‘टु बी हजबेन्ड’ भन्दै ह्यासट्याग पनि राखेकी छन्। सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका हुन्। सञ्जीव नेपालका चर्चित गिटारिस्ट हुन्। म्युजिक अरेन्जरसमेत रहेका सञ्जीवसँग मेलिनाले यसैवर्ष विवाह गर्ने योजना बनाएकी छन्। ‘कम्मरमाथि पटुकी’ को लोकप्रियतासँगै मेलिना राईले आधुनिक गीतभन्दा चलचित्रको पाश्र्व गायनका लागि बढि समय छुट्याउनुपर्ने भयो । कम्मरमाथि पटुकी… अघि नै मेलिनाले पुन्टे परेड, नाइके, तमसजस्ता चलचित्रमा गीत गाइसकेकी थिइन् तर उक्त गीतको लोकप्रियतापछि मेलिना त्यसपछि निर्माण भएका अधिकांश चलचित्रमा सुनिन थालिन् । त्यही क्रममा वसन्त सापकोटाले नै उनलाई अर्को एउटा लोकप्रिय गीत गाउने मौका दिए । उनले एक दर्जनभन्दा बढी देशको भ्रमणसमेत गरिसकेकी छिन् । डेढ वर्षअघि पहिलो पटक युरोप टुरमा गएकी मेलिनाले त्यति बेला बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड तथा जर्मनीमा आफ्ना गीतहरू प्रस्तुत गरेकी थिइन् ।

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता