इन्फो नेपाल — सञ्चारको सञ्जाल

बूढीगंगामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सुनसरी / मोरङको बूढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेकाअनुसार बूढीगंगा गाउँपालिका ६ सुक्चरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ९ प ७८२८ र उत्तरतर्फ जाँदै गरेको को २९ प ६१५९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर ७८२८ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगपालिका ५ का अन्दाजी २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको न्यौपानेले बताए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । यस्तै, उक्त मोटरसाइकलको पछाडि सवार विराटनगर ५ का २५ वर्षीय सुरज उराउ घाइते भएका छन् । त्यस्तै, अर्को मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका ११ का अन्दाजी १६ वर्षीय सनम सरदार, अन्दाजी १५ वर्षीय आकाश सरदार र अन्दाजी ५ वर्षीय राकेश सरदार घाइते भएका छन् । सनम मोटरसाइकल चालक हुन् । सामान्य अवस्थाका सबै घाइतेको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क