इन्फो नेपाल — सञ्चारको सञ्जाल

बेलबारीको जंगलमा किरा परेको अवस्थामा एक महिला शव भेटियो

सुनसरी / मोरङको बेलबारी नगरपालिका- १० स्थित भाउन्नेको जंगलमा किरा परेको र सडेको अवस्थामा हिजो मंगलबार दिउँसो एकजना महिलाको शव भेटिएको छ । अहिलेसम्म शवको पहिचान खुलेको छैन । मोरङ प्रहरीका डीएसपी राजन कार्कीका अनुसार सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५- ४६ वर्षीया महिलाको शव फेला परेको छ ।जंगलमा निगुरो टिप्न गएकाहरुले शव देखेपछि दिउँसो साडे दुई बजेतिर प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा घटना केहीदिनअघि भएको जस्तो देखिने प्रहरीले जनाएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । सडेर दुर्गन्धित भएको र शरीरका केही भागमा किरा परेको अवस्थामा शव फेला परेको छ,’ डीएसपी कार्कीले भने, ‘शव पोस्टमार्टमका लागि धरान पठाएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको कारण खुल्नेछ।’ उनले मृतकको पहिचानको प्रयास भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क