इन्फो नेपाल — सञ्चारको सञ्जाल

बैंकको ब्याजदर ब्याजदर घट्ने !

काठमाडौं । वाणिज्य बैंकहरुले बचतको ब्याजदर घटाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका छन् । सोमबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघको छुट्टाछ्ट्टै बसेको बैठकले चैत १ गतेदेखि लागू हुनेगरी मुद्धती निक्षेप र साधारण बचको ब्याज घटाउने निर्णय गरेका हुन् । सोमबारको बैठकबाट निक्षेपको ब्याजदर अधिकतम २५ पैसासम्म घटाउने निर्णय भएको एक विकास बैंकका सीईओले जानकारी दिएका छन् । ‘सोमबारको बैठकबाट एक वर्ष र सो भन्दा कम अवधिको मुद्धती निक्षेपको ब्याज २५ पैसा र एक वर्षभन्दा माथिको मुद्धती निक्षेपको ब्याज १५ पैसाले घटाउने निर्णय भएको छ ।’ एक बैंकका सीईओले भने, ‘साधारण बचतको हकमा भने १५ पैसाले ब्याज घटाउने निर्णय भएको छ ।’ हालसम्म विकास बैंकहरुले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका थिए । अब भने एक वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याज ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत कायम हुने भएको छ भने एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटेर ११.५० प्रतिशत कायम हुने भएको छ । बचत खाताको ब्याज भने अब ६.६ प्रतिशतदेखि ८.६ प्रतिशतसम्म कायम हुनेछ । त्यस्तै, फाइनान्स कम्पनीहरुले पनि चैतदेखि ब्याजदर घटाउने निर्णय गरेका छन् । वाणिज्य र विकास बैंकहरुले क्रमशः मुद्धती निक्षेप र बचतको ब्याज घटाउने निर्णय गरेसँगै नेपाल वित्तीय संस्था संघले पनि चैत १ गतेदेखि लागू हुनेगरी मुद्धती निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते