इन्फो नेपाल — सञ्चारको सञ्जाल

बैंकिङ कसुरकी आरोपित निगालो घारीमा भेटिइन्

काठमाडौं । कास्कीमा बैंकिङ कसुरको आरोपमा एक महिला पक्राउ परेकी छन् । बागलुङको ताराखोला गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२, मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीविरुद्ध आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा तीन लाखको चेक दिई चेक बाउन्स भएको आरोप छ । उक्त आरोपमा गएको शनिबार दिउँसो प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।कास्कीको अन्नपूर्ण गाउँपालिका–८, बिरेठाँटीस्थित निगालो घारीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ । प्रहरीले उनीविरुद्ध उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको छ । ती महिलाले विभिन्न व्यक्तिहरूलाई यूके पठाइदिने भन्दै रकम लिई ठगी गरेको भन्ने सूचना आएकाले त्यसबारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्ता पीडित व्यक्तिहरूलाई प्रमाणसहित कास्की प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क