इन्फो नेपाल — सञ्चारको सञ्जाल

भद्रपुर दुर्घटनामा घाइते गिरीको पनि निधन

झापा । झापा जिल्लाको मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ।

दुर्घटना गएराति करिब ९ बजेतिर भद्रपुर–१० का २३ वर्षीय आलोक भण्डारीको घटनास्थलमै मृत्यु भयो। उनी प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल चलाइरहेका थिए, जुन विपरित दिशाबाट आइरहेको मे ८ प २८३५ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। आलोकलाई तत्कालै ओमसाई हस्पिटलमा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।

दुर्घटनामा सोही मोटरसाइकलका पछाडि सवार बिपान्सु राउत र अर्को मोटरसाइकलका चालक संजिप गिरी गम्भीर घाइते भएका थिए। संजिप गिरीलाई बिर्तामोडको बीएण्डसी हस्पिटलमा लगिएको थियो, जहाँ दिउँसो ३:५५ बजे उपचारको क्रममा उनको मृत्यु भयो। बिपान्सु राउत भने उपचारपछि घर फर्किएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क