आजको पञ्चाङ्ग इन्फो:-
वि.सं. भदौ १^, २०७९ । ई.सं. १ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बिहीबार भाद्र शुक्लपक्ष । तिथि- पञ्चमी, १२:५४ बजे उप्रान्त षष्ठी । नक्षत्र- स्वाती, २३:२० बजे उप्रान्त विशाखा । योग- ब्रह्म, २१:२९ बजे उप्रान्त ऐन्द्र । करण- वालव १२:५४ बजेदेखि कौलव, २४:१३ बजे उप्रान्त वणिज । चन्द्रराशि तुला । आनन्दादि योग स्थिर । दिनमान ३१।४१ । सूर्योदय ५:४३ । सूर्यास्त १८:२३ । September ॠषिपञ्चमीव्रत सप्तर्षीपूजा, कोखजावीय, धर्मविनायक राष्ट्रिय रथयात्रा विरुडा पञ्चमी ।
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- १७ गते : अमुक्ताभरण सप्तमी, गौरा सप्तमी, सूर्य षष्ठी, स्वामी कार्तिकेयको दर्शन र पूजा गर्ने दिन, सन्तान सप्तमी, अपराजिता पूजा, भक्तपुरमा मङ्गल कुण्ड मेला, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र
- १८ गते : गौरा पर्व, दूर्वाष्टमी, श्री महालक्ष्मी व्रत प्रारम्भ (धनसम्मृद्धि र दाम्पत्यसुखका निमित्त १६ दिने माता लक्ष्मीको उपासना सुरु), फालो पर्व (थकाली), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र (द्रष्टव्य : बिहान ०९:४५ बजेपछि भद्रा रहने छ)
- १९ गते : श्री राधा जयन्ती, राधाष्टमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, काय अष्टमी, कागेश्वर मेला, अदुःख नवमी व्रत (पति/पत्नीको बिछोड नहोस् भन्ने उद्देश्यले लिइने व्रत), ललितपुरमा दश महाविद्या पूजा, अविधवा नवमी, मुहूर्त : कलशचक्र