आजको पञ्चाङ्ग इन्फो
आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ६ गते सोमबार इश्वी सन २०२२ अगस्त २२ तारीख भाद्र कृष्णपक्ष एकादशी तिथी मृगशिरा नक्षत्र पश्चात आद्र्रा नक्षत्र वज्र योग वालव करण चन्द्रमा मिथुन राशीमा आनन्दादि योगमा आनन्द योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- ०७ गते : श्री अजा (जया) एकादशी व्रत, त्रिपुष्कर योग दिनको ११:५२ बजेपछि, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र
- ०८ गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र
- ०९ गते : जुग चह्रे पूजा, जुग यँ पञ्चदान, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, द्वारचक्र, पुराण श्रवण, कलशचक्र (द्रष्टव्य : बिहान १०:०९ बजेपछि भद्रा रहने छ)